जल/वातावरण

कोरोनाको शंकास्पद बिरामीको मृत्यु, उपचाररत चार सङ्क्रमितको अवस्था गम्भीर

वीरगञ्जमा आरडिटी पोजेटिभ भएका एक बिरामीको मृत्यु भएको छ । वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारत एक ६५ वर्षीय एक पुरुषको आइतबार बिहान मृत्यु भएको हो ।

त्यसै गरी सोही अस्पतालमा उपचाररत चारजना संक्रमितको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, आदर्शनगरमा बसोबास गर्दैआएका ६५ वर्षका व्यापारी रहेको डा. निरजकुमार सिंहले बताउनुभयो ।

आइतबार मृत्यु भएका ती व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि शनिबार नारायणी अस्पतालको ईमरजेन्सीमा भर्ना गरी उपचार थालिएको र पछि थप उपचारको लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । शनिबार राति ८ बजे आरडीटी पोजिटिभ आएपछि कोरोनाको शङ्कास्पद बिरामीका रुपमा गण्डक अस्थायी कोभिड अस्पतालमा लगि उपचार सुरु गरिएको डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।

शनिबार नै नारायणी अस्पतालको ईमर्जेन्सीमा भर्ना भएका बेला ज्येष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिसकिएको थियो तर हालसम्म रिपोर्ट आएको छैन् । उहाँ पहिलेदेखि नै मुटु र मधुमेह रोगका बिरामी रहेको बताइएको छ ।

मृत्यु भएका व्यापारी नागरिक भारतीय नागरिक हुन् । ज्येष्ठ नागरिकको शवलाई अस्पतालमा नै राखिएको छ । साँझसम्म पीसीआर परीक्षणको रिपोर्ट आइसक्ने बताइएको छ ।

यसअघि गएको शुक्रबार पनि आरडीटी पोजिटिभ आएकी एक १७ वर्षीय युवतीको मृत्यु भएको थियो । उक्त युवतीको मरणोपरान्त पीसीआर परीक्षणमा कोरोना सङ्क्रमणको पोजिटिभ रिपोर्ट आएको थियो ।

उपचाररत चार सङ्क्रमितको अवस्था गम्भीर

वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत सङ्क्रमितहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको डा। निरजकुमार सिंहले बताउनुभयो ।

ुचारै जनालाई आईसियूमा अक्सिजन दिएर राखिएको छ , अवस्था जटिल नै छ केही भन्न सकिँदैनु, डा। सिंहले भन्नुभयो । गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत पाँच जना शङ्कास्पद सङ्क्रमितहरूको समेत अवस्था जटिल रहेको बताइएको छ ।

अस्पतालको क्षमताअनुसार बिरामी भरिएकाले नयाँलाई राख्ने स्थान नै नभएको हाल ५४ जना सङ्क्रमितहरू उपचाररत रहेको डा। सिंहले बताउनुभयो । पर्सामा कोरोनाका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । बाराका तीन र पर्साका तीन जना हुन् भने वीरगञ्जमा बेवारिसे भेटिएका एक सङ्क्रमितको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.