जल/वातावरण

आइतबार थपिए १ सय ३० जना संक्रमित : सप्तरीमा न्यायाधीशमा पनि संक्रमण

पछिल्लो २४ घण्टामा १ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आइतबार संक्रमण पुष्टि भएकामा सप्तरीमा एक जना न्यायाधीश समेत रहेका छन् । संक्रमित न्यायाधीश उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभएको छ ।

यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । ४३ बर्षीय उनमा तीन दिन अगाडि संक्रमित देखिएका थिए । उनी संक्रमित देखिएपछि सरकारी वकील कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो । अन्यको रिपोर्ट भने आउन बाँकी छ ।

आइतबार नियमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा १ सय ३० जनामा कोरोना भाइरस संक्रमण भएको जनाएको हो । यससँगै कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार १२८ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै मोरङमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका २५, अछामका १४, काठमाडौं र इलामका ८/८ जना, बर्दियाका ६ र पर्साका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

कास्की, रोल्पा, सुर्खेत र बाजुरामा ३/३ जना, सुनसरी, महोत्तरी, नवलपुर, सोलुखुम्बु, गोरखा र बाँकेमा २/२ जना तथा झापा, सिराहा, उदयपुर, धनुषा, दाङ, नुवाकोट, रौतहट, मकवानपुर, बारा, रुपन्देही, अर्घाखाँची, जुम्ला र कञ्चनपुरमा एकएक जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.