खेलफूटबल

माल्दिभ्सको पोष्टमा नेपालको चार गोल

भारतको भुवनेश्वरमा जारी साफ यु-२० च्याम्पियनसिपमा नेपालले सानदार सुरुवात गरेको छ । सोमबार भएको पहिला् खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको ।

भुवनेश्वरस्थित कालिन्दा रंगशालामा भएको खेलमा नेपालले सुरुवातदेखि नै माल्दिभ्सलाई दबावमा राखेको थियो । नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको हो ।

त्यसअघि १० औं मिनेटमा सुमित श्रेष्ठ र १६ औं मिनेटमा कृतिशले गोलको राम्रो अवसर खेर फालेका थिए । कप्तान आयुष घलानले दायाँ कर्नर नजिकैबाट प्रहार गरेको फ्रि किकलाई माल्दिभ्सका गोलरक्षक साहिहान अलीले पञ्च गरेको बललाई दिपेशले बक्स बाहिरबाट सानदार गोल गरे ।

दोस्रो हाफमा नेपालले ३ गोल थप्यो । दोस्रो हाफको ५८ औं मिनेटमा सुगम र त्यसको चार मिनेट पछि कृतिशले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

इन्जुरी समयको अन्तिम मिनेटमा मनग्य नकर्मीले नेपाललाई ४–० को जित निश्चित गराए । नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्ने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.