कला/मनोरन्जनकलिउड

भुवन केसी दुई वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्ष

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता, निर्माता तथा निर्देशक भुवनमा भुवन केसीलाई नियुक्त गरेको छ । यसको आधिकारिक घोषणा भने भैसकेको छैन ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।

केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छनोट गरेको थियो ।

नेकपा एमालेमा रहनुभएका केसी केही समयअघि मात्रै नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो । केसी कांग्रेस प्रवेश गरेसँगै विकास बोर्ड अध्यक्षको दाबेदारको रुपमा हेरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.