राजनीति

डिलिट भएको सिसीटिभी फुटेज पुनः प्राप्ति भएपछि

अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा केही महत्वपूर्ण दिनको सिसीटिभी फुटेज मेटाइए पनि नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट पुनः प्राप्ति भएपछि संसदीय विशेष छानबिन समितिले यसबारेमा ल्याबका विज्ञहरुसँग छलफल गर्ने भएको छ ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिको मङ्गलबार सिंहदरबारमा विहान बसेको बैठकले प्रहरीको फरेन्सिक ल्याबको रिपोर्ट ल्याबका विज्ञहरुबाटै जानकारी लिन लागेको हो ।

बैठकपछि समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताउनुभयो ।

फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट प्राविधिक भएकाले ल्याबका विज्ञसँग छलफल गरेर थप अध्ययन गर्न आजै अपराह्न ४ बजे बस्ने बैठकमा विज्ञलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो ।

सचिव अर्यालले ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गरेपछि मात्रै अन्य थप जानकारी दिन सकिने बताउनुभयो ।

समितिले अर्थ मन्त्रालयको असार १३ र १४ गतेको सिसिटिभी डिलिट भएको जानकारी गराउँदै मन्त्रालयको सिसिटिभीको हार्डडिक्स नै समितिलाई दिएको थियो ।

समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । फरेन्सिक ल्याबले सोमबार समितिलाई हार्डडिक्स फिर्ता गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.