जन सरोकारस्वास्थ्य

आज अरु बढ्यो सङ्क्रमितको संख्या, दुईजनाको मृत्यु

नेपालमा दैनिक रुपमा कोरोना सङ्क्रम बढ्दै गएको छ । मंगलबार सार्वजनिक पछिल्लो २४ घण्टाको विवरण अनुसार ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ५५ कोरोना परीक्षण गर्दा ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार २१५ पीसीआर परीक्षण गर्दा चार सय र दुई हजार ८४० एन्टीजेन परीक्षण गर्दा २३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१८ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ५७ हजार ८७८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.