कला/मनोरन्जनकलिउड

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने भुवनको दृढता

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान त्यसै अनुरुप कार्ययोजना बनाएर काम गर्ने बताउनुभएको छ ।

सरकारबाट बोर्डको अध्यक्ष नियुक्त भएपछि प्रतिक्रिया दिंदै केसीले आफू जागिर खानको लागि बोर्डमा आएको नभएर चलचित्र क्षेत्रलाई जीवन्तता दिने कोसिसमा आएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “चलचित्र क्षेत्रको अपार सम्भावना छ, हामीसँग धेरै प्रतिभा र सिर्जना छन्। यसको संरक्षण र प्रवद्र्धन गर्ने काम संस्थागत रुपमा चलचित्र विकास बोर्डले गर्छ।”

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अभिनेता भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

अध्यक्ष केसीले नेपालको सिनेमा हलको पहुँच र अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृति चलचित्र र मौलिकता फैलाउने पहिलो उद्देश्य रहेको बताउँदै नेपालमा कलाकारले सिक्नका लागि फिल्म स्टुडियो बनाउन जरुरी भएको र यसको सहयोगले विदेशी चलचित्र पनि नेपालमा सजिलै छायांकन गर्न सकिने यहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “स्टुडियोको सहयोगले उपकरण, ल्याबको पोस्ट प्रोडक्सनका काम गर्न सजिलो हुन्छ । अहिले पनि नभएको होइन। तर, अन्तर्राष्ट्रिय स्तरको हुनपर्छ।”

विगत ४० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा लाग्नुभएका केसीले ‘जुनी’ चलचित्रबाट चलचित्र यात्रा सुरु गर्नुभएको हो । २३ वर्षको उमेरदेखि चलचित्र क्षेत्रसँग जोडिनुभएका उहाँले त्यसपछि सम्झना, कुसुमे, सन्तान, तिलहरी, कन्यादान, चिनो, रुमाल जस्ता चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ।

काठमाडौंको सिनामंगलमा जन्मिनुभएका उहाँलाई कलाकार बन्नेबाहेक अरु रहर नै थिएन। १० वर्षको उमेरमै बाल कलाकारको रुपमा केसी रेडियो नेपालमा गीत गाउनुहुन्थ्यो।

यहाँबाट केसीको कला यात्रा सुरु भएको हो । उहाँले रेडियो नेपालमा गाउनुभएको पहिलो गीत हो, ‘मादल बज्यो घिन्ताङ तालैमा’ ।

यस्तै, केसी ‘बेस्ट एक्टर’, ‘बेस्ट फिल्म मेकर’ जस्ता कयौं पुरस्कारबाट सम्मानित हुनुभएको छ। बाल कलाकार, अभिनेतादेखि निर्मातासम्मको यात्रामा धरै कुरा सिक्ने मौका मिलेको केसी बताउनुहुन्छ । केसीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘ड्रिम्स’ हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.