जन सरोकार

बन्धक बनाई फिरौती माग्ने छजना पक्राउ

दाङ प्रहरीले दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका ३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई नगद ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ

पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका ३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय मार्सल भन्ने नेप बहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका ९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका ७ घर भई दाङ तुलसीपुर उपमहानगरपालिका ६ हातीखौवा बस्ने २४ वर्षीय जनक कुवँर र तुलसीपुर उपमहानगरपालिका ७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा सोमबार राति बुटवल बसपर्कमा दैलेख जाने गाडी खोजिरहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी आफन्तको गाडी छ बुटवल पुल्चोकसम्म आउनु ड्राइभरलाई तपाईको नम्बर दिन्छु भनि बताएर बबन्धक बनाएका थिए ।

प्रहरीका अनुसार निर्मलाले बोलाएको केही समयपछि लिलाराम बिक समेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश ०१-२५ च ८७२९ नम्बरको गाडीमा राखी दाङ तुलसीपुर उपमहानगरपालिका ५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई उक्त रकम फिरौती माग गरेको खुल्न आएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाइराखेको होटलबाट सकुशल उद्दार गरी घटनामा संलग्न उनीहरूलाई र घटनामा प्रयोग भएको गाडी सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.