राजनीति

भिजिट भिसामा विदेश गएकाहरु श्रमको लोभमा नफस्न अनुरोध

पर्यटकका रुपमा भिजिट भिसामा विदेश गएकाहरुलाई पर्यटककै रुपमा बस्न र त्यहाँ कुनै प्रकारको श्रम तथा रोजगारीको प्रलोभनमा नफस्न गृह मन्त्रालयले अनुरोध गरेको छ ।

पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायत विभिन्न कठिनाइ भोगिरहेका समाचार, गुनासा तथा सूचनाहरु आएपछि मन्त्रालयले त्यस्तो अनुरोध गरेको हो ।

बुधबार मन्त्रालयले एक सूचना जारी गरी भिजिट भिसामा विदेश जाने नेपाली नागरिकलाई विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न अनुरोध गर्दै भिजिट भिसा श्रम गर्न जाने भिसा नभएको स्पष्ट हुन अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभएको बताउँदै भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएकाले विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी भिजिट भिसामा विदेशमा जाँदा काम नपाउने, अलपत्र पर्ने क्रम बढिरहेको जनाउनुभएको छ ।

विज्ञप्तिमा भिजिट भिसामा गएर गैरकानुनी रुपमा श्रममा संलग्न हुने र समस्यामा परेका नागरिकहरुलाई उद्धार गर्न कुनै कानुनी आधार नरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

त्यस्तै विज्ञप्तिमा विदेशमा रोजगारीका लागि जाने नेपाली नागरिकले सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेर मात्र जानुहुन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.