एन आर एन न्युजजापान

एनअरएनए जापान निर्वाचन : अन्तिम उम्मेदवारी नामावली प्रकाशन (सूचीसहित)

यही जुलाई २९ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गतका निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

निर्वाचन समितिले सर्वसम्मतको प्रयास भैरहेको जानकारी गराउँदै पूर्वनिर्धारिता तालिका हेरफेर गर्दै आज (२७ जुलाई) उम्मेदवारी दिनेहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

आगामी कार्यकालका लागि हुने निर्वाचनमा जुलाई २३ देखि २४ सम्म उम्मेदवारी दर्ता आव्हान गरिएको थियो । केही पदहरुमा सर्वसम्मति भैसकेको छ ।

आगामी नेतृत्वका लागि २६ पदमा ४९ जनाको उम्मेदवारी परेकोमा अध्यक्षमा ४ जना र ५ उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ ।

NRN Japan Candiates Final

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.