अर्थ

काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद

सुन

सुन

लामो समयको अन्तरालमा प्रहरीले ठूलो मात्रामा सुन बरामद गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्रमा परेको असरले सुनको मुख्य आकाशिएका बेला प्रहरीले काठमाडौंबाट १५ किलो सुन बरामद गरेको हो ।

समाचार अनुसार महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले काठमाडौंको कमलादीबाट अवैध रुपमा भित्र्याइएको १५ किलो सुन बरामद गरेको हो ।

यसैबीच नेपालमा सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.