जन सरोकारस्वास्थ्य

२४ घण्टामा थपिए ३ हजार ८ सय ४० जना सङ्क्रमित

नेपालमा अहिले २४.२ प्रतिशत सङ्क्रमण दर- बालबालिकामा सङ्क्रमण बढ्यो

मंगलबार अघिल्लो २४ घण्टामा ३ हजार ८ सय ९९ जना सङ्क्रमित थपिएकोमा बुधबार पनि सोही संख्याको हाराहारीमा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पिसीआर र एन्टिजेन परीक्षणबाट ३ हजार ८ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ जनामा आरटी पिसिआर परीक्षणमा दुई हजार ६ सय ३४ र चार हजार ९ सय २२ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार २०६ जना गरी संख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमा बालबालिका पनि रहेका छन् । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १० वर्ष मुनिका ८३ बालबालिका छन् भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ४५ जना रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सङ्क्रमण अन्यत्रको तुलनामा बढी छ । बुधबार यहाँ ८ सय ५९ जनामा सङ्क्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना रहेका का छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ७ सय ९१ जनाको मृत्यु भैसकेको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा अहिले २४.२ प्रतिशत सङ्क्रमण दर रहेको जनाएको छ भने अहिलेसम्म ९४.३७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.