जन सरोकार

फोहर व्यवस्थापनमा बञ्चरेडाँडाबासीको अबरोध

एकसातापछि उठेको काठमाडौंको फोहर व्यवस्थापनमा बञ्चरेडाँडाबासीले अबरोध गरेपछि फोहर बोकेका गाडी बाटोमै अलपत्र परेका छन् । उनीहरुले सडक निर्माणको काम सम्पन्न नहुँदासम्म फोहर नल्याउन आग्रह गर्दै अबरोध गरेका हुन् ।

बञ्चरेडाँडा पुग्ने सडक निर्माण गर्न भन्दै काठमाडौं महानगरपालिकाले एकसातासम्म फोहर उठाएको थिएन । आजबाट फोहर उठे पनि फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ ।

काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईका अनुसार महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण बञ्चरेडाँडा पुग्न सकेका छैनन् ।

फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो ।

स्थानीयवासीले सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गरेका छन् । फोहोर बोकेको गाडी रोकिएपछि एक सातापछि उठ्न सूरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.