क्रिकेटखेल

एक दिवसीय वरियतामा नेपाल यथावत्

एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको एक दिवसीय वरियतामा नेपाल यथास्थानमै रहेको हो ।

धनगढी प्रिमियर लिग (डिपिएल)लाई आइसीसीको मान्यता

नयाँ वरियताअनुसार नेपाल १९औँ स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो ।

नयाँ वरियतामा न्यूजील्याण्ड पहिलो स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ ।

यसैगरी साउथ अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्टइन्डिज नवौँ तथा अफगानिस्तान दशौँ स्थानम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button