अर्थ

ढेड किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थलबाट डेढ किलोभन्दा बढी (१६ सय १० ग्राम) सुनसहित एकजना भारतीय नागरिक पक्राउ गरेको छ ।

दुबईबाट फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका भारतीय नागरिक युसुफ हारुनलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र घर्ति क्षेत्री जीसीले विमानस्थलमा ओर्लिएपछि हारुनको गतिविधि शङ्कास्पद देखिएको भन्दै प्रहरी विमानस्थलद्वारबाट उनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हरुनलाई जाँच गर्दा भित्री वस्त्रमा लुकाई राखेको अवस्थामा प्लास्टिकसहित अन्दाजी १६१० ग्रामका दुई थान सुनको पोका देखिएको हो ।

हारुनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक जीसीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.