जन सरोकारस्वास्थ्य

नेपालमा कोरोना सङ्क्रमण दर १४ प्रतिशत, आज थपिए ७ सय १० जना

पछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

आज पाँच हजार २५ नमूनाको परीक्षण गर्दा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ । जुन १४ प्रतिशत बढी हो । आज दुई हजार ५४१ नमूनाको पिसीआर विधिबाट परीक्षण गर्दा ५२४ र दुई हजार ४८४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज २१५ सङ्क्रमणमुक्त भएका छन् । दुई जनाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २३६ पुगेको छ । आज ५९ हजार ४७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.