कला/मनोरन्जनकलिउड

प्रेमगीत-३ लाई गण्डकी प्रदेशको साथ

यही असोज ७ गतेबाट प्रदर्शन हुने बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३ का नायक प्रदीप खड्का प्रचार प्रसारमा सक्रिय रहेका छन् । यस क्रममा हिजो बिहिबार खडकाले गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापासँग भेट गर्नुभएको छ ।

चलचित्रका कार्यकारी निर्माता चक्र बहादुर चन्दका अनुसार भेटका क्रममा ‘प्रेमगीत-३’को बारे छलफल भएको र मन्त्री थापाले यही प्रदेशमा छायांकन भएको यो चलचित्रलाई प्रदेश सरकारले समर्थन गर्ने प्रतिबद्धता जनाएको अभिनेता खड्काले जानकारी दिनुभएको छ ।

खड्कासंगको भेटपछि मन्त्री थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा विश्वका अन्य देशका सिनेमाको स्वाद नेपाली दर्शकले लिइरहेको परिप्रेक्ष्यमा हाम्रा सिनेमाहरु समेत विभिन्न भाषामा डबिङ भई विश्व बजारमा पुग्नु निश्चय नै खुशीको कुरा भएको लेख्नुभएको छ ।

उहाँले लेख्नुभएको छ- “गण्डकी प्रदेशको मनाङ जिल्लामा छायाँकन भएको सन्तोष सेनद्वारा निर्मित प्रदीप खड्का अभिनित चलचित्र ‘प्रेम गीत ३’ असोज ७ गतेबाट प्रदर्शनमा आउन लागेको र विभिन्न भाषामा डबिङ्ग गरी विश्वभर नै एकैसाथ एक हजार भन्दा बढी हलहरुमा प्रदर्शन हुने जानकारी पाउँदा अत्यन्तै खुशी लागेको छ ।”

त्यसै गरी मन्त्री थापाले भन्नुभएको छ- “चलचित्र मार्फत गण्डकी प्रदेशको पर्यटकीय विविधता विश्वभरका दर्शकसामु पुगी सिनेमा मार्फत यहाँको पर्यटनको उल्लेखीय विकास हुने कुरामा आशावादी छौं, चलचित्रलाई सफलताको शुभकामना ।”

साथै, प्रदेशको पर्यटकीय विविधतालाई चलचित्रले देश विदेशमा झल्काउने आशा प्रदेश सरकारले लिएको मन्त्री थापाले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.