जापान

गल्कोट समाज जापान कान्तो अध्यक्षमा राजु बस्नेत चयन

गल्कोट समाज जापान क्षेत्रीय समिति कान्तोको अध्यक्षमा राजु बस्नेत निर्विरोध चयन भएका छन । समितिको छैठौ अधिवेशनले बस्नेतलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।

त्यसै गरी उपाध्यक्षमा दिनेश थापा, प्रकाश निउरे (मित्र), ईश्वर बस्नेत र गगन खत्री (झकास), लेखा संयोजकमा हिमाल कँडेल, सचिवमा दिपक सुबेदी (बिप्लब), सह सचिवमा गोविन्द केसी र पवन बोहोरा, कोषाध्यक्षमा गोम बुढाथोकी, सह कोषाध्यक्षमा सुरज केसी र गोविन्द खड्का निर्विरोध निर्वाचित भएका छनु ।

सदस्यहरुमा सुनिल भण्डारी, राजु सुवेदी, चतुर्भुज सापकोटार जगन्नाथ खरेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक रत्नसिंह बस्नेतले जानकारी दिए ।

अधिवेशन उद्गघाटन सत्रमा प्रमुख अतिथि समाजका संरक्षक दिलु खत्रीले संस्थालाई आर्थिक रूपमा पारदर्शी रूपमा संचालन गर्नका लागि आग्रह गरेका थिए ।

अधिवेशनमा टोकियो वरिपरी रहेका गल्कोटेहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै बोल्ने अधिकांश वक्ताहरूले समाजले जापानमा रहेका नेपाली समुदायमा अग्रणी भूमिका निर्वाह गर्दै आएकोमा खुशी व्यक्त गर्दै समाजको सो छविलाई क़ायम राख्नका लागि संस्थागत रूपमा संचालित गरिनुपर्नेमा जोड दिएका थिए ।

समारोहमा गल्कोट समाजका केन्द्रीय महासचिव नवीन निउरे सचिव लक्ष्मण कार्की, कोषाध्यक्ष डिलाराम गैरे, केन्द्रिय सदस्य खगराज गौतम, जीवन गैरे, सल्लाहकार रामकृष्ण बम मल्ल, विजय भण्डारी, बाबुराम सापकोटा, निम खड्का लगायत रहेका थिए ।

अधिवेशनमा समितिको बार्षिक प्रगति प्रतिवेदन सचिव दिनेश थापाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष इश्वर बस्नेतले प्रस्तुत गरेका थिए । उद्घघाटन सत्रको कार्यक्रमको अध्यक्षता रमेश खत्री, संचालन दिनेश थापा र स्वागत दुर्गाबहादुर खत्रीले गरेका गरेका थिए भने घोषणा सभाको कार्यक्रम निर्वाचन समितिका सदस्य महेन्द्र साहनीले संचालन गरेका थिए ।

“हाम्रो गाउँ हाम्रो ठाउी हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यता बोकेर जापानमा क्रियाशील गल्कोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तोको छैठौ अधिवेशन मंगलबार जापानको टोकियो स्थित शिन ओकुबोमा सम्पन्न भयको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.