जन सरोकार

कार्यालय सहयोगी ३०औँ पटकमा एसइई उत्तीर्ण

कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल हुनुभएको छ ।

कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले एसइई उत्तीर्ण गर्नुभएको हो ।

उन्तीसौँ पटकसम्म परीक्षामा असफल चौधरी यस वर्ष २.० जिपीए ल्याएर उत्तीर्ण हुनुभएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिनुभयो । चौधरी विसं २०५२ बाट कैलारी–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत हुनुहुन्छ ।

यस वर्ष एसइई पास भएपछि धेरै खुसी भएको बताउँदै उहाँले भन्नुभयो, “अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने तयारी गरेको छु ।” कैलारी–६ बनकट्टा गाउँका चौधरीले विसं २०४८ मा दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलोपटक एसएलसी दिएको बताउनुभयो ।

कोरोना महामारीका क्रममा दुई वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको परिणामका आधारमा एसइईको नतिजा सार्वजनिक गरिएको थियो । चौधरीले लेखेरै पास गर्छु भनेर फाराम नभरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.