जन सरोकार

दुई करोडको वीमा रकम हत्याउन युवकको हत्या

बाँके, कोहलपुरका २१ वर्षीय युवाको हत्याको कारण उनको वीमा वापतको दुई करोड रुपियाँभन्दा बढी रकमको हत्याउनु रहेको रहस्य खुलेको छ ।

शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पत्रकार सम्मेलन गरी २१ वर्षीय सर्जन बिकको हत्याको कारण र हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।

सीआईबीले पत्रकार सम्मेलनमार्फत बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा छ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहम्द खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा छन् ।

प्रहरीले छ जनालाई साङ्गठिक अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.