एन आर एन न्युजजापान

आइतबार एनआरएनए जापानको निर्वाचन हुँदै (अनलाइन भोटिङ तरिका सहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान नयाँ कार्यसमिति २०२३-२५ चयनका लागि आइतबार (जुलाई ३०) मा अनलाइन भोटिङ मार्फत निर्वाचन हुँदैछ ।

सर्वसम्मत गर्ने उद्देश्यले पूर्व निर्धारित तालिकाभन्दा एकदिन पर सरेको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन संयोजक डम्बरराज पौडेलले बताउनु भएको छ।

अनलाईन भोटिङ प्रणाली “भेरो भोटिङ्ग प्रणाली” मार्फत पहिलो पटक हुन लागेको निर्वाचनमा फेस भेरिफिकेशनबाट मतदाताले आफ्नो मतदान प्रयोग गर्न पाउने छन् ।

एनआरएनए जापानले निर्धारित समयमा तोकिएको मापदण्ड पूरा गरी प्रमाणीत भएका ७१६८ जनाले विभिन्न पदका २२ जनालाई चयन गर्ने छन्।

अमेरिका अस्ट्रेलिया लागायतका देशमा सफलतापूर्वक प्रयोग भइसकेको भेरो भोटिङ प्रणालीमा सबैभन्दा धेरै सहभागिता जनाएकाले यसपटक जापानमा समेत यसले राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

बिहान १० बजेबाट सुरु हुने निर्वाचन बेलुका ७ बजे समापन हुनेछ भने लगतै परिणाम सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक पौडेलले जानकारी दिनुभयो ।

मतदानका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.