विश्व समाचार

सर्वेक्षणमा कमजोर देखिएपछि कोरोनाको वहाना : राष्ट्रपति ट्रम्पबाट निर्वाचन पछिसार्न आग्रह

सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको सर्वेक्षणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको स्थिति कमजोर देखिएपछि कोरोना महामारीको कारण देखाउँदै उहाँले निर्वाचन पछि सार्न सुझाब दिनुभएको छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पछिल्ला दिनहरूमा भएका सर्भेक्षणमा ट्रम्पको अवस्था कमजोर देखिँदै गएका समय महामारीको कारण देखाउँदै उहाँले यस्तो अवस्थामा मतदानको परिणाम पनि सही आउन नसक्ने धारणा राख्नुभएको छ ।

“जबसम्म नागरिकले सही तथा सुरक्षितरूपमा मतदान गर्न सक्दैनन् त्यतिन्जेल निर्वाचनलाई पछि सारियोस्” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट्मार्फत आग्रह गर्नुभयो ।

सन्देशमा भनिएको छ, “निर्वाचनमा मेलमार्फत गरिने मतदान प्रक्रिया सन् २०२० का अमेरिकी इतिहासमा अत्यन्त ‘गलत र भ्रामक’ हुनेछ । यो संयुक्त राज्य अमेरिकाका लागि ठूलो अफ्ठ्यारोको विषय हुनेछ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.