एनआरएनए जापानको नयाँ कार्यसमितिका लागि निर्वाचन जारी(अपडेट)
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति २०२१-२३ का लागि आज निर्वाचन सुरु भएको छ । बिहान १० बजेबाट सुरु निर्वाचन प्रकृयामा एक घण्टा अर्थात ११ बजेसम्म ९३९४ मतदाता मध्ये सात प्रतिशत ६४३ मत खसेको छ । १२ बजेको ताजा जानकारी अनुसार २२ प्रतिशत २०३७ मत खसेको छ। एकबजेको ताजा जानकारी अनुसार ३७ प्रतिशत ३५१२ मत खसेको छ।

यस्तै २ बजेसम्मको ताजा जानकारी अनुसार ५१ प्रतिशत ४७६१ मत खसेको छ।
राति ८ बजेसम्म हुने मतदान प्रक्रिया पश्चात तुरुन्तै नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ । निर्वाचन समितिका अनुसार नतिजा निर्वाचन समितिको वेवसाईट र एनआरएनए जापानको फेसबुक पेजबाट जानकारी गराइने छ ।
यस पटक कुल २९ पदका लागि ५९ जनाले उम्मेदवारी दावी गरेका छन् । अध्यक्ष पदमा मात्र पाँच जनाले दावी प्रस्तुत गरेका छन् भने सवैभन्दा धेरै उम्मेदवार उपाध्यक्ष र सदस्य पदमा परेको छ । चार जनाको उपाध्यक्ष पदमा ११ जनाले दावी गरेका छन भने सात जनाको सदस्य पदमा १८ जनाले दावी गरेका छन् ।
अध्यक्ष पदमा अनिता गुरूङ, शिवप्रसाद पाैडेल, नरेन्द्र बस्नेत दिनेश, सराेजकुमार खत्री र किरण बर्मा प्रतिस्पर्धामा छन।
यस अघि तीन पदको सचिव, एक पदको महिला संयोजक र महिला सदस्य पदमा निर्विरोध भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्