जन सरोकार

यसरी बनेको थियो सर्जनको हत्या गरेर बीमाको रकम बाँडचुड गर्ने योजना

एक वर्ष अघि मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका भनिएका बाँके कोहलपुरका सर्जन बिकको हत्या दुई वर्ष अघिदेखिको श्रृङ्खलाबद्ध योजना अनुसार भएको रहस्य खुलेका छन् ।

दुई करोड रुपियाँभन्दा बढी रकमको बीमा भुक्तानी लिन बिकको योजनाबद्ध हत्या भएको र यसमा संलग्नहरुले बीमा रकम झिकेर बाँडेको रहस्य पनि सार्वजनिक भएको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहम्द खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा छन् । सीआईबीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले छ जनालाई साङ्गठिक अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।

उनीहरुले योजनावद्ध ढंगले हत्या गरेको चार महिना २०७८ साउन १४ गते दुई करोड ५० लाख रुपियाँ बीमा रकम झिकी संजीवले ८० लाख ३६ हजार, दिपेशले ६० लाख, सपनाकी आमा छविकुमारी खत्री १७ लाख ४६ हजार, सपनाले ८६ लाख ८९ हजार रुपियाँ बाँडेर लिएको पाइएको छ।

त्यसै गरी ब्यूरो प्रहरीले मृतक विकको दाजु, सपनाकी आमा र इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीमाथि पनि अनुसन्धान गर्ने सीआईबी प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

रोडा(बालुवा डिपोमा मजदुरी गर्ने विकको योजनावद्ध ढंगले एक करोड २० हजार मूल्य बराबरको सर्वाधिक जीवन बीमा र ३० हजारको म्यादी जीवन बीमा गराएर योजनावद्ध अपराध गरेको प्रहरीले सार्वजनिक गरेको हो ।

स्थानीय बीमा एजेण्ट सरदार अहमद खाँले २०७७ साल फागुन २८ गते एक्सीडेण्टल डेथ बेनिफिट शीर्षक अन्तरगत पाँच वर्षका लागि बीमा गराई दिन्छन् र इच्छाएको व्यक्तिमा श्रीमती भनिएकी सपना मल्लको नाम राखिन्छ ।

ब्यूरो प्रहरीका अनुसार, बीमा गरिएको करिब एक महिनापछि विकको सवारी दुर्घटनामा हत्या हुन्छ । मृतक विकको बीमा बापत प्राप्त भएको रकम श्रीमती भनिएकी सपना, घटनाका योजनाकार संजीव अर्याल, बीमा एजेण्ट खाँ, हत्यामा संलग्न मिनी बस चालक टोपबहादुर, अर्का सहयोगी दिपक केसी र संजीबकी साथी ललिता सापकोटा बाँडेर लिन्छन् ।

अभियुक्त छजनालाई ब्यूरो प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । मुख्य योजनाकार ३१ वर्षीय संजीव अर्यालले नै बीमा एजेण्ट खाँमार्फत् सामान्य आयस्रोत भएका बिकको वार्षिक आम्दानी उच्च देखाइ पाँच लाख ४० हजारको बीमा गरिदिएका थिए । यसमा संजीवले नै लगानी गरेका हुन् ।

अष्ट्रेलिया जाने तयारी गरिरहेकी कोहलपुरकी सपना मल्लसँग बिकको भेट गराई २०७७ साल चैत ९ गते कागजी विवाह समेत अभियुक्त अर्यालले नै गराई दिएका हुन् । फागुन २८ गते केटाको उमेर नपुगेपछि चैत ९ गते सारिएको थियो ।

सोही कागजका आधारमा बीमा गर्दा इच्छाएको व्यक्तिमा सपनाको नाम राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सपनाले कागजी बिहेपछि विकसँग भेटसमेत नभएको तर, मृत्युपछि बीमा रकम बुझ्न बोलाएको स्वीकारेकी छन्।

बिकको हत्या गर्न खाँ ले नै आफ्नो मोटरसाइकल चढ्न दिएका थिए । टोपबहादुर विपरित दिशाबाट मिनी बस लिएर लिएर दुर्घटना गराउन पुगेका थिए। पूर्वयोजना अनुसार टोपबहादुर बिकलाई ठक्कर दिइ घाइते बनाइ फरार भएको अनुसन्धानबाट खुलेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.