जन सरोकार

काठमाडौंका १८ हजार कुकुरलाई रेबिज खोप र बन्ध्याकरण

महानगरीय कुकुर व्यवस्थापन कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाभित्र १८ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘काठमाडौँ महानगरपालिका’ र ‘द जाने गुडल इन्स्टिच्युट’को समन्वय र सहकार्यमा सन् २०१६ देखि अहिलेसम्म २२ हजार कुकुरलाई रेबिज खोप लगाइएको कार्यक्रमका संयोजक वसन्त गौतमले जानकारी दिनुभयो ।

जनावर, वातावरण संरक्षण तथा समाज कल्याणका क्षेत्रमा क्रियाशील उक्त इन्स्टिच्युटले रेबिजको आशङ्का भएका करिब ५०० कुकुरको परीक्षण गरेको जनाएको छ ।

महानगरपालिकाका प्रत्येक वडामा कुकुर व्यवस्थापनका लागि इन्स्टिच्युटले स्थानीय समुदायको सहभागितामा आधारित कार्य सञ्चालन गर्न ३२ वटै वडामा प्रत्येक वडाध्यक्षको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरी कार्य गर्दै आएको छ ।

मानव स्वास्थ्य, बालमनोविज्ञान तथा वातावरणमा नकारात्मक प्रभाव पर्न नदिन जनचेतनामूलक कार्यसमेत सञ्चालन भएको जनाइएको छ ।

अधिवक्ता सञ्जय अधिकारीले व्यवस्थापनका सन्दर्भमा जनावरलाई कम पीडा हुने विधि सञ्चालन गर्न सर्वोच्च अदालतले फैसला गरेको जानकारी दिनुभयो ।

महानगरपालिकाले चालु आवमा कुकुर व्यवस्थापनका लागि रु एक करोड ६० लाख विनियोजन गरेको छ । यो रकम गत आवको तुलनामा रु ६० लाख बढी हो । महानगरभित्र घरपालुवा कुकुरको सङ्ख्या करिब ८४ हजार रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.