राजनीति

के कुरा भयो प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच

एसपिपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाएको दावी गरिउकै दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भयो ।

एसपिपीका विषयमा सडक र सदन तातिरहेका बेला नेपाल भ्रमणमा आउनुभएका सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच नेपाल–अमेरिका मैत्रिपूर्ण र सहयोग सम्बन्धका विविध आयामबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाललाई अमेरिकाको निरन्तर विकास सहयोगका लागि धन्यवाद दिँदै उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षासमेत गर्नुभएको थियो ।

यसअघ्सिहायक विदेश मन्त्री लुले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग पनि भेटवार्ता गर्नुभएको थियो । बिहिबार साँझ नेपाल भ्रमणमा आउनुभएका सहायक विदेश मन्त्री लुले यस अघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएको छ ।

यो पटकको भ्रमणका अवसरमा उहाँले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने यहाँस्थित अमेरिकी दूताबासले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.