जल/वातावरण

जगदम्बा इन्टरप्राइजेजका सिइओसहित तीनजनाको कोरोनाबाट मृत्यु

गत साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका वीरगञ्जस्थित जगदम्बा इन्टरप्राइजेजका सिइओ भारतीय नागरिकको मृत्यु भएको छ । त्यस्तै बिहिबार नै वीरगन्ज निवासी दुई पुरुषको पनि मृत्यु भएको छ ।

रहेको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले दिएको जानकारी अनुसार मुटुरोगी ६५ वर्षीय जगदम्बाका सिइओलाई बिहानैदेखि अक्सिजन कमी भएपछि भेन्टिलेटरमा राखिएको र त्यही उनको मृत्यु भएको हो ।

त्यसै गरी वीरगञ्ज निवासी ३५ वर्षीय युवक र ७५ वर्षीय वृद्धको मृत्यु भएको छ । मृतक युवनमाककेही दिनदेखि ज्वरोको समस्या देखिएको थियो । गत बुधबार अस्पताल भर्ना भएका उनको पनि गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का ७५ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको र पछि स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.