जन सरोकार

पोखरामा ‘फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र’ अध्यापन हुँदै

पोखरा युनाइटेड एकेडेमीले पहिलोपल्ट ‘फेशन डिजाइनिङ्ग एवम सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरता लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायीक शिक्षा तर्फ उक्त विषयको अध्ययन गराउन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिए अनुसार आफूहरुले पनि प्राथमिकतामा राखेर अध्ययन गराउनका लागि ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ्ग’लाई ऐच्छिक विषयको रुपमा समावेश गरेको जानकारी दिनुभयो ।

उहाँले एकेडेमीले यस अघि विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टको अध्ययन गराउँदै आएको र पछिल्लो समय फेशन डिजाइनिङ्ग र सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेहरुलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको बताउनुभयो ।

उहाँका अनुसार ४० देखि ५० हजार शुल्कमा विद्यार्थीले फेशन र सौन्दर्यशास्त्रको कोर्ष पुरा गर्न सक्नेछन् । दक्ष जनशक्ति उत्पादनका लागि अनुभवी शिक्षकहरुबाट अध्यापन गराइने उहाँको भनाइ छ ।

कार्यक्रममा सौन्दर्य विद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यवसायिक शिक्षा अन्तर्गत रोजगारको प्रशस्त संभावना बोकेको सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ अहिलेको समयको माग भएको बताउनु भयो ।

उहाँले २०७१ सालदेखि ऐच्छिक विषयको रुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको बताउनुभयो । देशको अर्थतन्त्र बलियो बनाउन व्यवसायिक सीपमुलक शिक्षामा जोड दिनुपर्ने औल्याउँदै पोखराबाट शुरु भएको यस अध्ययनले अब देशभरि माग बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ३५ वर्ष देखि सौन्दर्य क्षेत्रको कार्यरत गण्डकी प्रदेशका प्रदेश सभा सदस्य समेत रहनु भएका मिना गुरुङले ढिलै भए पनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेहरुका लागि अवसरका ढोका खुलेको बताउनुभयो ।

उहाँले सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनु पर्छ भनेर निकै पहिले देखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको बताउनुभयो ।

फेशन डिजाइनर विशाल गुरुङले आजको आवश्यता व्यवासायिक शिक्षा भएको र दक्ष जनशक्तिबाट मात्र देश विकास सम्भव हुने धारणा राख्नुभयो ।

एकेडेमिका प्राचार्य वैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसुस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै यस शैक्षिक सत्रबाट नयाँ सिपमुलक विषयलाई थप गरेको जानकारी दिनुभयो ।

उहाँले शिक्षासँग सिप, आत्मनिर्भरताका यी विषयहरुको अध्ययन पश्चात् स्वदेशमै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न तथा विदेशमा पनि सजिलै रोजगार प्राप्त गरी राम्रो आम्दानी गर्न सकिने भएकोले यी विषयहरुको महत्व पछिल्लो समय बढीरहेको उहाँको भनाइ छ ।

एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले यस विषय अध्ययनले हालको बढ्दो बेरोजगारी समस्यालाई कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

एकेडेमी शैक्षिक विभाग प्रमुख डिल्लिराम तिवारीले कार्यक्रमको सहजीकरण गर्दै नेपाल सरकारबाट एसइइ उत्तिर्ण भएका जुनसुकै विद्यार्थिले पनि उक्त कोर्ष अध्ययन गर्न सक्ने र सो अध्ययनका लागि ४० देखि ५० हजार सम्म शुल्क लाग्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.