प्रदेशसुदूरपश्चिम

देशको आमूल परिर्वतन माओवादीले गरेको हो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको र पार्टीका नेता कार्यकर्ता सहरमुखी नभएर गाउँमुखी हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान कार्यक्रममा उहाँले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताउनुभयो ।

मुख्यमन्त्री भट्टले जनयुद्धको बलमा बनेको संविधानले स्थानीय सरकारलाई कानुन बनाउनेदेखि न्यायिक अधिकार दिएको दाबी गर्नुभयो । उहाँले आफू मुख्यमन्त्री भएपछि डोटीका लागि थुप्रै विकास गरेको र बाँकी रहेका अधुरा विकासका काम पनि पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “माओवादीका नेताहरु सहरमा होइन अब गाउँमा जनता माँझ जानुपर्छ, आफ्ना योजना, कामका बारेमा जनताका माझमा लैजानुस्, गाउँ जान डराउनुपर्ने कुनै कारण छैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.