अर्थ
पेट्रोलमा मूल्य घट्दा, डिजेल र हवाई इन्धनमा भने बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ ।
यस्तै, डिजेल र मट्टितेलमा भने प्रतिलिटर रु दुईले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ ।
नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजेल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर रु एक सय २८ तय गरिएको निगमले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूची बिहीबार मध्यरात १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्