जन सरोकार

बग्गीखाना सिल : एसएसपीसहित ३ सय ७५ जना क्वारेन्टिनमा

काठमाडौंमा फैलदो कोरोना संक्रमणले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथलाई पनि जकडेको छ । शुक्रबार महाशाखाका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ भने एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले संक्रमण पुष्टि भएकाहरु अस्पतालमा पठाइएको छ भने आफूसमेत ३ सय ७५ जना ब्यारेक–ब्यारेकमै रहेको र महाशाखामा पूर्ण लकडाउनको अवस्था रहेको जानकारी दिनुभएको छ ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.