जल/वातावरण

शिक्षण अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार, भेन्टिलेटरको बिरामी सामान्य बन्दै

कोरोना संक्रमितको उपचार विभिन्न विधि प्रचार गरिए पनि सबभन्दा प्रभावकारी बिधि प्लाज्मा थेरापीबाट नेपालमा पहिलोपटक उपचार सुरु गरिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको हो ।

यो विधिबाट निको भएका संक्रमितको रगत गम्भीर बिरामी परेका संक्रमितलाई दिने गरिन्छ । प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ ।

डा. सन्तकुमार दासका अनुसार विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । उहाँका अनुसार प्लाज्मा थेरापीबाट नेपालमै पहिलोपटक उपचार भएको र अहिले संक्रमितमा धेरै सुधार देखिएको छ ।

गत साउन १० गते संक्रमित पुरूष अस्पताल भर्ना हुँदा उनमा निमोनियाको समस्या थियो ।उनलाई आइसियूमा राखेर उपचार गरिराखिएको थियो । पछि भेन्टिलेटरमा राख्नुपर्ने स्थिति पनि आएको तर गत बिहीबार निको भएका व्यक्तिको प्लाज्मा संक्रमित पुरूषलाई दिएपछि उल्लेख्य सुधार आएको डा. दासले बताउनुभयो ।

डा. दासका अनुसार अहिले ती संक्रमितमा निमोनिया पनि ७० प्रतिशत सुधार भएको छ । पहिले ६० प्रतिशत अक्सिजन चाहिएकोमा अहिले २८ प्रतिशतमात्र चाहिएको र अब त भेन्टिलेटरमा राख्नुपर्ने अवस्था पनि छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.