एन आर एन न्युजजापान

एनआरएनए जापान नागोया क्षेत्रीय भेला सम्पन्न


नागोया  गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नागोया क्षेत्रीय भेला आईतबार सम्पन्न भएको छ।

नियमित कार्यतालिका अनुसार निगातामा हुने भनिएको कार्यक्रम नागोयोमा आयोजना गरिएको हो। कोरोना संक्रमणको जोखिम अवस्थालाई ध्यानदिएर सामाजिक दुरी कायम गरेर कार्यक्रम आयोजना गरिएको थियो।

भेलाको संयोजन एनआरएनए जापानका क्षेत्रीय उपाध्यक्ष दिपक केसीले गरेका थिए । कार्यक्रम एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको अध्यक्षता सम्पन भएको थियो । कार्यकममा प्रमुख अतिथिका रुपमा एनआरएनए आइसिसि कोषाध्यक्ष महेश श्रेष्ठ तथा विशिष्ट अतिथिमा एनआरएनए एशिया प्यासिफिकका संयोजक गोविन्द श्रेष्ठ एवं उपसंयोजक पारशमणि पोखरेलको उपस्थिति रहेको थियो ।

जापानमा हाल ९ वटा क्षेत्रीय समिति तथा एउटा तदर्थ समिति रहेको छ । भेलामा कोरोना महामारीका कारण सहभागिता भने न्यून रहेको थियो ।

कार्यक्रममा सहभागि भई भेला सफल पार्न सहयोग गर्नेसवैमा एनआरएनए नागोयाले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.