जापान

एनआरएनए जापान निर्वाचन : अनियमितता आरोपको छानबिन हुने

जुलाई ३० मा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरउनए) जापानको नयाँ कार्यसमितिको निर्वाचनका सन्दर्भमा उठेका विवाद र लागेका आरोपहरुको सत्यतथ्य यथाशीघ्र सार्वजनिक गरिने भएको छ ।

एनआरएनए जापानको अध्यक्षमण्डलले एक विज्ञप्ति जारी गरी निर्वाचनको परिणामप्रति असन्तुष्ट पक्षले स्वचालित मतदान प्रणालीको दुरुपयोग गरी असम्बन्धित पक्षले मतदान गरेको उजुरी परेपछि यसको छानबिनका लागि संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा अरु सदस्य थप्न सकिने गरी छानबिन समिति गठन गर्ने जनाइएको छ ।

अध्यक्षमण्डलका संयोजक पारसमणि पोखरेल र सदस्यहरु रोशन केसी, ओम गुरुङ, नारायण सुवेदी र शालिकराम भण्डारीले संयुक्त विज्ञप्ति जारी गरी सो समितिले उजुरी गरिएका विषयवस्तु, अनलाइन भोटिङको प्राविधिक पक्षसहित अन्य आवश्यक पक्षका बारेमा अध्ययन गरी त्यसको निचोड प्रतिवेदन यथाशकय छिटो सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.