राजनीति

सुरक्षाकर्मी बाहेक तलब, गाडी, आवास नलिने घोषणा

व्यावसायिक पृष्ठभूमिबाट समानुपातिक सांसद हुँदै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुभएका उमेश श्रेष्ठले मन्त्री पदमा रहुञ्जेल व्यावसायिक जीवनबाट राजीनामा लिने र सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।

सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सरकारी आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नुभएको हो ।

मर्यादाकाका हिसाबले सुरक्षाकर्मी मात्र लिने घोषणा गर्नुभएका उहाँले मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि बताउनुभएको छ ।

यही साउन १० गते प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिनुभएका श्रेष्ठको शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.