राजनीति

भातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔँ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्त रूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

काठमाडौं महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

संसद्मा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उहाँले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत सुनाउनुभयो ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै रहेर पनि फरकमत राख्ने नेता, कार्यकर्तालाई समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिका–८ का वडाअध्यक्ष आशामान सङ्गतले फोहरमाथि महानगरभित्रै राजनीति भइरहेको र सरकारले नै फोहर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.