विश्व समाचार

अमेरिकी ड्रोन हमलाबाट अल कायदाका नेता अयमान अल जवाहिरीको मृत्यु

अल कायदाका नेता अयमान अल जवाहिरीको अमेरिकी ड्रोन हमलामा परी मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अल जवाहिरी अफगानिस्तानमा मारिएको पुष्टि गर्नुभएको छ ।

अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएपछि राष्ट्रपति बाइडनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको आरोप लगाउँदै उनको हत्यापछि न्याय मिलेको बताउनुभएको छ ।

अधिकारीहरूका अनुसार सुरक्षित घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।क्षेप्यास्त्र आनक्रमणबाट उनको परिवारका अन्य सदस्यहरू सँगै भए पनि उनीहरूलाई कुनै क्षति नपुगेको र जवाहिरीमात्रै मारिएको उनीहरूले बताएका छन्।

सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि जवाहिरीले अल कायदाको नेतृत्व लिएका थिए । सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न ठाउँमा भएको हमलाको योजना बिन(लादेन र उनले संयुक्त रूपमा बनाएका थिए। उनी अमेरिकाको मस्ट वण्टेू आतङ्कवादी खोजी सूचीमा थिए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.