खेलफूटबल

जब किरणले उपाधि जितेसंगै मैदानमै विवाह प्रस्ताव राखे

माल्दिभ्समा ब्यवसायिक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एवं गोलरक्षक किरण चेम्जोङले फुटबल मैदानमै आफ्नी प्रेमिकालाई विवाह प्रस्ताव राख्नु भएको छ ।

माल्दिभ्समा सोमबार धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा किरणले प्रेमिका कन्चन निरौलालाई मैदानमै औंठी लगाईदिएर विवाह प्रस्ताव राख्नु भएको हो ।

एयर होस्टेज कन्चनसँग किरण लामो समयदेखि प्रेममा हुनुहुन्थ्यो । माल्दिभ्सको माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेल्दै आउनुभएका किरणले टोलीलाई लिग च्याम्पियन बनाउनुका साथै उहाँले लिगको उत्कृष्ट गोलरक्षक उपाधि पनि जित्नुभएको छ ।

सोही अवसरका उपाधिसँगै खुशी साट्न किरणले प्रेमिका कन्चनलाई मैदानमै औठी लगाईदिनु भएको थियो । उक्त अवसरमा किरणको आमा पनि उपस्थित हुनुहुन्थ्यो । ३२ बर्षीय किरणले यसैवर्ष विवाह गर्ने बताईएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.