तत्कालीन नेकपाका पाँच नेता जनबिरोधी हुन् : ओली
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेताहरूलाई जनबिरोधीको आरोप लगाउनुभएको छ ।

मंगलबार पार्टी कार्यालयमा आयोजित ल्सीलाल अमात्य स्मृति दिवसमा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतम जनविरोधी र देशद्रोही भएको ओलीले आरोप लगाउनुभएको हो ।
कार्यक्रममा अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन बाहिर रहेका वामपन्थी दलहरूलाई एकतामा आउन आग्रह गर्दै गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरूलाई आत्मआलोचना गरेर आए एकताका लागि सोच्ने समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, गठबन्धन छोडेर आए, गठबन्धन बेठिक हो भनेर त्यसका उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरूको बारेमा पनि विचार गर्न सकिएला ।
प्रतिक्रिया राख्नुहोस्