जन सरोकार

पर्यटन मन्त्रालयका उपसचिव २२ लाख रुपैयाँसहित पक्राउ

प्याराग्लाईडिङ्ग सञ्चालनका सेवाग्राहीसंग घूस लिएको उपजुरीमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई २२ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिइएको छ ।

CIAA

प्याराग्लाईडिङ्ग सञ्चालनका लागि अनुमति पत्र उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख रूपियाँ घुस लिएको उजुरीपछि अनुसन्धान गरेको अख्तियारले उहाँलाई २२ लाख ५० हजार रुपैयाँसहित एक होटलबाट पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले दिनुभएको जानकारी अनुसार उपसचिव नेपाललाई काठमाडौं महानगरपालिका, वडा नं १ मनकामना मार्गस्थित होटल अरन्यको कम्पाउण्डबाट नियन्त्रणमा लिएर नेपालले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा सो रकमसहित नियन्त्रणमा लिएको हो ।

उपसचिव नेपालसँग स्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपियाँ गरी जम्मा २२ लाख ५० हजार रुपयिाँ बरामद गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.