सूचना/प्रविधि

आज सौर्य आँधी “सन होल सोलार स्टर्म” आउँदै

वैज्ञानिकहरुले सन होल सोलार स्टर्म नाम दिइएको सूर्यबाट निस्केको सौर्य आँधी बुधबार साँझ पृथ्वीको नजिक आउने भएको छ । यसबाट ठूलो समस्या ननिम्तिए पनि स्याटलाईट र पावर ग्रिडमा केही सानो समस्या देखिने बताइएको छ ।

वैज्ञानिहरुका अनुसार सूर्यको वायुमण्डलमा प्वालभन्दा तीव्र गतिमा चल्ने सौर्य हावा आज पृथ्वीको चुम्बकीय क्षेत्रको नजिक आउने छ । आज आउने आँधी कम क्षमताको भएका कारण यसले पृथ्वीमा ठूलो समस्या ननिम्तिने बताइएको छ ।

अन्तरिक्षमा यस्ता सौर्य आँधीहरु धेरै आउने गरेका छन् । तर, बढी क्षमताका सौर्य आँधीहरु आए भने त्यसले पृथ्वीको टेलिकम्यूनिकशन, इन्टरनेटलाई असर गर्न सक्ने वैज्ञानिकहरु बताउँछन् ।

विपी कोइराला ममोरियल विज्ञान संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा। सनतकुमार शर्माका अनुसार यो जी १ टाइपको भएकाले यसले पृथ्वीमा खासै असर नगर्ने बताउनुभयो ।

वैज्ञानिकहरुले कम क्षमताको सौर्य आँधीलाई जी १ समूहमा राख्ने गरेका छन् । सौर्य आँधीहरु कुनै कुनै अलि बढी खतराको हुने भए पनि आज आउने सौर्य आँधी खतरनाक नरहेको उहाँको भनाइ छ । सूर्य घुम्ने ११ वर्षको चक्रमा यो आँधी आउने सक्रिय समयमा हो ।

यो समयमा २९ करोड किमी प्रतिघण्टाको दरले पृथ्वीतिर आउँछ,’ उहाँले भन्नुभयो ‘यदि यो पृथ्वीमा आएर ठोक्कियो भने असर हुन्छ तर पृथ्वीमा भूचुम्बकत्व भएकाले त्यो पृथ्वीमा आउन पाउँदैन, त्यसैले यो हानीकारक छैन ।

स्याटलाईट र भोल्टेजहरुमा केही माइनर समस्या आए पनि यसको पृथ्वीमा अन्य असर देखा नपर्ने डा. शर्मा बताउनुहुन्छ । क्यानडाजस्ता उत्तरी देशको आकाशबाट साँझपख यो सौर्य आँधी देख्न सकिने उहाँको भनाइ छ ।

पृथ्वीमा रहेको भूचुम्बकत्वले अन्तरिक्षबाट आएका सौर्य आँधी, अल्का पिण्डहरुलाई आफूतिर तान्ने भएका कारण ठूलो मात्रामा क्षति हुँदैन ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गरेको अध्ययनका अनुसार सूर्यको सतहमा ठुल्ठूला विस्फोटनहरू भइरहेका छन्, जसमा केही भागबाट अत्यन्तै चम्किलो प्रकाशका साथ ठूलो मात्रामा ऊर्जा निस्कन्छ जसलाई सूर्य फ्लेयर भनिन्छ ।

जसमा करोडौं माइल प्रतिघण्टाको गतिमा एक अर्ब टन चुम्बकीय ऊर्जा अन्तरिक्षमा निस्कन्छ, जसका कारण सूर्यको बाहिरी सतहको केही भाग खुल्छ र यस प्वालबाट ऊर्जा बाहिर निस्कन थाल्छ र यो एउटा बल जस्तो देखिन्छ ।

यदि यो ऊर्जा धेरै दिनसम्म लगातार निस्कियो भने धेरै साना परमाणु कणहरू पनि निस्कन थाल्छन् जुन ब्रह्माण्डमा फैलिन्छ, जसलाई सौर्य आँधी भनिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.