जापान

राष्ट्रियसभा अध्यक्ष तिम्सिनाद्वारा नेपाली विद्यालय अवलोकन

नेपाल फेस्टिबलमा सहभागी हुन जापानमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले टोकियो कोईवामा नेपालीहरूद्वारा संचालित हिमालयन इन्टरनेशनल एकाडेमीको अवलोकन गर्नुभएको छ ।

नेपाली पाठ्यक्रममा आधारित रहेर पाँच कक्षासम्म पठनपाठन हुँदै आएको विध्यालयमा बुधबार एक समारोहकाबीच अध्यक्ष तिम्सिनाले अवलोकन गर्दै नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना सहित नयाँ पिढीमा पुर्याउन आग्रह गर्नुभयो ।

अध्यक्ष तिम्सिनाले विद्यालयको सफलताका शुभकामना दिंदै आफ्नो तर्फबाट नेपाल सरकारबाट गर्नुपर्ने सहयोगका लागि पहल गर्ने वचन समेत दिनुभयो ।

यसअघि विद्यालयका कार्यवाहक प्रिन्सिपल कालुसिंह मेहताले विद्यालयको शैक्षिक वातावरण, पाठ्यक्रम तथा वर्तमान अवस्थाका बारेमा शिक्षण सिकाई, विधि तथा विद्यालयले सामना गरिरहेका अप्ठ्याराहरुका बारेमा प्रमुख अतिथि राष्ट्रियसभा अध्यक्ष तिम्सिनालाई अवगत गराउनुभएको थियो ।

त्यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन रिजालले विद्यालयको भावी योजनाका साथै शिक्षक शिक्षिकाहरुको परिचय गराउनुभएको थियो ।

समारोहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष शिवप्रसाद पौडेल, प्रवक्ता सुभास लामिछाने, एनआरएनए चिवाका संयोजक मुक्तिराज रेग्मी सहित संचालक समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.