राजनीति

मंसिर चारमा निर्वाचन गर्ने सहमति, मन्त्रिपरिषद्ले मिति घोषणा गर्ने

सत्ता गठबन्धनबीच आगामी मंसिरमा ४ गते संघीय संसद र प्रदेशसभाको निर्वाचन गर्ने सहमति भएको छ । बुधबार बसेको गठबन्धनको बैठकले सो सहमति गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तासाझेदार दलहरुको बैठकमा मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने हसमति मन्त्रिपरिषद्बाट पारित गरेर घोषणा गरिने छ ।

बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको बताइएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति तय गर्ने विषयमा सबै दलहरूबीच समझदारी बनेको र अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.