जापान

नेपाली दूताबास टोकियोमा आजको काम आज नै नीति लागू

जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पदवहाल गरेलगत्तै दूतावासबाट प्रवाह हुने सेवालाई तीब्रता दिन ‘आजको काम आज नै’ नीति लागू गर्नुभएको छ ।

बुधबार साउन १८ गते टोकियोस्थित दूताबासमा पदवाल गर्दै उहाँले नेपाल सरकार र जापानस्थित नेपाली राजदूताबासप्रति सेवाग्राही तथा आम नेपाली नागरिकको सकारात्ममक भावना अभिवृद्धि गर्ने पनि बताउनुभयो ।

उहाँले दूताबासले प्रदान गर्ने राहदानी, प्रवेशाज्ञा, वारेशनामा तथा अन्य विभिन्न कागजातहरुको प्रमाणिकरण लगायतका कन्सुलर सेवालाई सरल, सहज, सुलभ र जनमैत्री बनाउने प्रतिद्धता पनि जनाउनुभयो ।

राजदूत डा. सुवेदीले दूतावासबाट गरिने कामहरुका आवश्यक प्रक्रिया पूरा भई कागजात पेश भएको अवस्थामा ‘अमाजको काम आजै, भोलि नभन्ने नीति लागू गर्ने निर्णय गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.