जापान

नागोयामा दोश्रो नेपाल फेस्टिबलको तयारी तिब्र

जापानको राजधानी टोकियोमा १२ औँ नेपाल फेस्टिबल सम्पन्न भए लगत्तै नेपालीहरुको बाक्लो घनत्व रहेको नागोयामा पनि आगामी सेप्टेम्बर ३ र ४ मा दोश्रो नेपाल फेस्टिबलको तयारी तिब्र पारिएको छ।

जापानीहरुलाई नेपालको मौलिक पहिचान सहित नेपालमा जापानी पर्यटकहरू बढाउन मौलिक नेपाली खाना, पहिरन तथा सांस्कृतिक प्रस्तुति गरिने गरी फेष्टिवल तयारी सुरु गरिएको हो ।

यस्तै फेष्टिवलमा नेपालको संस्कृतिबारेमा जानकारी दिने स्टलहरू समेत राखिने तयारी गरिएको छ । यस्तै फेष्टिवलमा रेष्टुरेन्ट तथा व्यवसायीक गरी २७ वटा स्टल सहभागिता गराइने तयारी गरिएको नेपाल फेस्टिबल नागोयाका संयोजक दिपक कार्कीले जानकारी गराउनु भयो ।

नागोयाको नाका कु साकाई इडिओन हियासा स्वायर पार्कमा सेप्टेम्बर ३ र ४ तारिक दुई दिन आयोजना हुने फेष्टिवलमा आदिवासी जनजाति सहित नेपाली कला संस्कृति झल्कले विविध सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिने तयारी गरिएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुने कार्यक्रममा नेपाल सरकारका विशेष प्रतिनिधिहरु सहित जापान सरकार तथा नागोया लगायतका शहरका विशेष पदाधिकारीहरुलाई सहभागिता गराउने तयारी समेत गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.