जन सरोकार

निर्वाचनमा सञ्चार र तनाव व्यवस्थापन तालिम

निर्वाचन आयागले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनमा सञ्चार व्यवस्थापन तथा तनाव व्यवस्थापन तालीम आयोजना गरेको छ ।

निर्वाचनलाई बढी प्रभावकारी र व्यवस्थितरूपमा सञ्चालन र सम्पन्न गर्न एवं आयोगले निर्वाचनका महत्वपूर्ण सरोकारवालाका रूपमा रहेका आमसञ्चारसँग असल र प्रभावकारी सम्बन्ध स्थापित गर्न तालिम आयोजना गरिएको हो ।

कार्यक्रमबाट आमसञ्चारसँग प्रत्यक्ष सम्पर्क एवं समन्वय गर्ने आयोगका कर्मचारी एवं पदाधिकारीको कुशलता एवं दक्षता अभिवृद्धि तथा निर्वाचनका समयमा हुन जाने कार्यचाप र त्यसबाट बढ्ने तनाव व्यवस्थापनमा समेत सहयोग पु¥याउने उद्देश्य लिइएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन आमसञ्चारको महत्वपूर्ण भूमिका रहने र वर्तमान समयमा बढ्दो सामाजिक सञ्जालको प्रयोगलाई मध्यनजर गर्दै आमसञ्चारको नयाँ परिभाषाको आवश्यकता देखिएको छ भन्नुभयो ।

साथै आमसञ्चारले निर्वाचनका सबै प्रतिस्पर्धीका लागि समान प्लेटफर्मको विकास गर्नुपर्ने आवश्यकतासमेत प्रष्टयाउनुभयो ।

उक्त दुईदिने कार्यक्रमको समापन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले तालिम कार्यक्रम अत्यन्त लाभदायक र उपयुक्त रहेको र यसबाट समूहमा काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.