राजनीति

मंसिर चार गते प्रतिनिधिसभा र प्रदेशको निर्वाचन : विद्युतीय मतदान नहुने

सरकारले आउँदो ४ मंसिर गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिष्द बैठकले निर्वाचन घोषणा गरेको हो ।

बिहीबार दिउँसो १ बजे बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले दिनुभयो ।

सरकारले निर्वाचनको घोषणा गरेलगत्तै यसपटक पनि लामो समयदेखि विद्युतीय भोटिङ मेसिनको प्रयोग हुने चर्चाका बीच यसपटक पनि त्यस्तो प्रयोग नहुने भएको छ ।

निर्वाचन घोषणा भए लगत्तै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले समयमा विद्युतीय मतदान मेसिन नदिएका कारण ४ मंसिरको चुनावमा प्रयोग हुने सम्भावना नभएको बताउनुभएको हो ।

उहाँले निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भए असार मसान्तभित्र उपलब्ध गराइदिन सरकारलाई आग्रह गरेको बताउँदै समयमै मेसिन नआएका कारण सम्भव नहुने जानकारी दिनुभयो ।

यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४ गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो ।

बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर चार गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने समझदारी गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.