जन सरोकार

अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु : ६ बालबालिकाको बिचल्ली

पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ३५ वर्षीय श्रीराम परियारको अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि मृत्यु भएपछि उहाँका ६ सन्तानको बिचल्ली भएको छ ।

परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो । उहाँले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आउनुभएको थियो । आय आर्जनका लागि गोला पोल्न जाँदा परियारलाई अरिङ्गालले टोकेको थियो ।

स्थानीय गोकुल श्रेष्ठका अनुसार अहिले उनको दुई छोरी र चार छोराको बिचल्ली भएको छ । “घरमा एक छाक पकाएर खाने अन्न छैन”, श्रेष्ठले भन्नुभयो । उनीहरु सबै १२ वर्षमुनिका बालबालिका रहेका छन् । परियारका दुई श्रीमती फूलमाया र नैनकलीको पनि कमाउने कोही नहुँदा बिचल्ली छ ।

स्थानीय पाङ युवा क्लबले परियार परिवारको सहयोगका लागि अभियान नै सञ्चालन गरेको अध्यक्ष जयराम सुवेदीले बताउनुभयो । बालबालिकाले आर्थिक अभावकै कारण सामुदायिक विद्यालयमा समेत नियमित पढ्न पाइरहेका छैनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.