राजनीति

पूर्व प्रधानमन्त्री ओलीको सुराकी गरेका छैनौं : मन्त्री कार्की

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबीलाई सरकारले खण्डन गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टिकरण दिनुभएको हो ।

उहाँले एमाले अध्यक्ष ओलीको दाबी खण्डन गर्दै गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको दाबी निराधार रहेको र ‘यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध समेत गर्नुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री कार्कीले सरकार व्यक्तिको स्वतन्त्र र गोपनियताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा सम्वर्द्धन गर्न प्रतिवद्ध रहेको समेत स्पष्ट गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.