राजनीति

चुनावी गठबन्धन सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतिक अभ्यास

नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले निर्वाचनमा दलहरुबीच गठबन्धन गरेर जानु देशलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतितर्फ धकेल्ने प्रयासको आरोप लगाउनुभएको छ ।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणा भएलगत्तै वर्तमान सत्ता गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेसंगै नेता डा. रावलले निर्वाचनमा गठबन्धन गरिनु संविधान विपरीत हुने भन्दै सो धारणा राख्नुभएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता रावलले भन्नुभयो, “जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत हो ।”

उहाँले अगाडि भन्नुभयो, “यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन दिशातर्फ धकेल्छ ।”

गठबन्धनले सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतितर्फ देशलाई धकेल्ने चर्चा गर्दै भन्नुभयो- “जनताले जसलाई बहुमत दिन्छ त्यसले सरकार चलाउने हो” ।

आम निर्वाचनमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा संविधानको धारा २६९ को विरुद्ध रहेको पनि उहाँको दावी छ ।

नेता रावलले थप्नुभयो, “कसैले बहुमत ल्याएन भने समान राजनीतिक दृष्टिकोण, विचार, कार्यक्रम या कतिपय विषयमा समान धारणा भएका राजनीतिक दलले मिलेर संयुक्त सरकार गठन गर्न सकिन्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.